शनिबार, असार ६, २०८३

सामुदायिक वनको जग्गामा ठडियो एनजिओको भवन

कैलालीको धनगढीस्थित एक सामुदायिक वन उपभोक्ता समूहको जग्गामा एनजिओको भवन निर्माण गरिएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

धनगढी- कैलालीको धनगढीस्थित एक सामुदायिक वन उपभोक्ता समूहको जग्गामा एनजिओको भवन निर्माण गरिएको छ। 

National life

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित कैलाली सामुदायिक वन क्षेत्रमा दृष्टि फाउन्डेसनको भवन निर्माण गरिएको हो। 

सामुदायिक वन क्षेत्रमा सस्थाको भवन निर्माणपछि उपभोक्ता आक्रोशित बनेका छन्। यसबारे सरोकारवाला निकाय (कैलाली सामुदायिक वन उपभोक्ता समूह, जिल्ला वन कार्यालय, कैलाली तथा इलाका वन कार्यालय)ले चासो नदिएको उनीहरुको भनाइ छ। 

उपभोक्ता समूहका एक पदाधिकारी पनि यसलाई स्वीकार्छन्। सामुदायिक वन क्षेत्रको सरक्षणमा आफूले बैठकमा पटकपटक कुरा उठाए पनि समितिका अन्य पदाधिकारीले चासो नदिएको ती पदाधिकारीको भनाइ छ। 

‘मैले उपभोक्ता समूहको बैठकमा यसबारे (सामुदायिक वन सरक्षण) पटकपटक कुरा उठाए। वन समूहका अध्यक्षसग पनि आग्रह गरे,’ ती पदाधिकारीले भने, ‘तर, यसबारे बेवास्ता गरियो।’ 

Shivam cement

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसग यसबारे टेलिफोनमार्फत बुझ्न खोज्दा सम्पर्क हुन सकेन। 

इलाका वन कार्यालय, धनगढीका वन अधिकृत जिसन कार्की भने आफू कार्यालयमा सरुवा भएर आउनुअघि नै भवन निर्माण भइसकेकाले भवन हटाउन समस्या भएको बताउछन्। ‘म कार्यालयमा सरुवा भएर आउनुअघि नै भवन बनिसकेको थियो। अब बनिसकेको भवन कसरी हटाउने?’ उनले जवाफ दिए। 

उनले सामुदायिक वन क्षेत्रमा थप भवन बन्न लागेको जानकारी पाए रोक्ने बताए।

प्रकाशित: Apr 24, 2022| 09:45 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।