मंगलबार, साउन २६, २०८३

रूख ढल्दा बाजुरामा सात जना बालक घाइते

बाजुराको बडीमालिका नगरपालिकामा काफल खान चढेको रूख ढल्दा सात जना बालक घाइते भएका छन्।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

धनगढी- बाजुराको बडीमालिका नगरपालिकामा काफल खान चढेको रूख ढल्दा सात जना बालक घाइते भएका छन्।

बडीमालिका नगरपालिका-८ खर्रामा वनमा पुगेर काफल खान रुख चढेका बेला ढलेर सात जना बालक घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घाइते हुनेमा बडीमालिका नगरपालिका-८ का १४ वर्षीय दीपक रावल, १६ वर्षीय कमल रावल, दिलु रावल, भीम रावल, विवेक रावल र सुजन रावल रहेका छन्।

घाइतेमध्ये तीन बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ।  

प्रकाशित: Apr 24, 2022| 08:00 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।