बुधबार, कात्तिक ११, २०८३

मेयरविरुद्ध घोडाघोडी नगरपालिकामा तालाबन्दी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- मेयरले मनोमानी गरेको भन्दै कैलालीको घोडाघोडी नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको छ ।

घोडाघोडी नगरपालिकामा नेपाल विद्यार्थी संघ नगरसमितिले शिक्षा शाखा र निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको हो। नगर प्रमुख ममताप्रसाद चौधरीले छलफल नै नगरी नगर क्षेत्रभित्र रहेका विद्यालयलाई समायोजन गरेको भन्दै नेविसंघले ताला लगाएको हो । 

नगर क्षेत्रमा रहेको ५७ विद्यालयमध्ये मेयर चौधरीले चार विद्यालय समायोजन गरेको र ९ विद्यालयको तह घटुवा गरेको भन्दै नेविसंघ आन्दोलित भएको छ । मेयरले स्थानीय र सम्बन्धित विद्यालयसँग छलफल नै नगरी मनोमानी निर्णय गरेकाले कार्यालयमा ताला लगाइएको नेविसंघ नगर सभापति कलकजङ सिंहले जानकारी दिए । 

उनले एकलौटी ढंगले काम गरेकोले आफूहरुले छलफलका लागि पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताए । नगर प्रमुख चौधरीले आफू कार्यालय बाहिर रहेको तालाबन्दी बारे खबर सुनेको बताए । 

कहिले सेवाग्राहीले कर्मचारीलाई गालीगलौज गरेको त कहिले वडा अध्यक्षले उपमेयरलाई थुनेर चर्चामा आइरहने घोडाघोडी नगरपालिकामा हप्तैपिच्छे नयाँनयाँ घटना हुने गरेको स्थानीय बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।