मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छैटौं विश्व कीर्तिमानको तयारीमा रहेका दिनेशको नामबाट आक्रोनमा दिवस घोषणा

छैटौं विश्व कीर्तिमानको तयारीमा रहेका दिनेशको नामबाट आक्रोनमा दिवस घोषणा

अमेरिकाको अक्रोन ओहियो सहरका मेयर होरिगनले त्यहाँ नेपाली पार्कर खेलाडी दिनेश सुनारको नाममा दिवस घोषणा गरेका छन्।
 |  शुक्रबार, वैशाख ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ९, २०७९

काठमाडौं- अमेरिकाको अक्रोन ओहियो सहरका मेयर होरिगनले त्यहाँ नेपाली पार्कर खेलाडी दिनेश सुनारको नाममा दिवस घोषणा गरेका छन्। मेयर होरिगनले पाँचवटा विश्व कीर्तिमान बनाइसकेका दिनेशलाई सम्मान गर्दै उनको नाममा एक दिनको दिवस घोषणा गरेको खेलाडी दिनेशले जानकारी दिएका हुन्।

अन्तर्राष्ट्रिय पार्कर खेलाडी दिनेश सुनार ठूल्ठूला ढिस्कोबाट जमिनमा उत्रने गर्दछन्। उनी दुई स्टेपसम्म घुमेर जमिनमा पुग्छन् साथै भित्तामा उफ्रिन्छन् अनि भीरपाखाबाट हामफाल्छन्। बाल्यकालमा यसरी उफ्रिँदा उनलाई साथीहरूले हनुमान उपनाम दिएको उनी सुनाउँछन। बच्चादेखिको उनको यो शैली केही वर्षअघि व्यावसायिक रूपमा बदलिएको थियो। उनको खेललाई पार्कर भनिन्छ। त्यो खेलले नै उनी ५ पटकसम्म गिनिज बुकमा नाम लेखाउन सफल भएका छन्।

'बाल्यकालमा उफ्रिँदाउफ्रिँदै सिकेको खेलले गिनिज बुकमा नाम लेखाउँला भन्ने त कुनै कल्पना नै थिएन,' दिनेश आफ्नो खेलबारे भने। बाल्यकालमा त उनलाई यो एक प्रकारको खेल हो भन्नेसमेत थाहा थिएन। हाल अमेरिकामा रहेका उनी छैटौंपटक गिनिज बुकमा नाम लेखाउने तयारीमा रहेको बताउँछन्। अमेरिकाको ओहियो राज्य अन्तर्गत आक्रोन सहरका मेयर ड्यानियल होरिगनद्वारा उनी सम्मानित भएका छन्। मेयर को कार्यालय मा एक कार्यक्रम आयोजना गरी त्यस राज्यका विभिन्न विशिष्ट व्यक्तित्व साथै नेपाली समाजका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा उनी सम्मानित भएका हुन्।

सो कार्यक्रममा दिनेशले यो वर्ष नासो समुदाय एनआरएन र डिसी एम्बेसीसँग मिलेर छैटौँ गिनीज वर्ल्ड रेकर्ड पनि राख्ने घोषणा गरेका छन्। उनले अब मस्ट ट्विस्ट ब्याकफ्लिप बर्पी इन वान मिनेटमा उनले कीर्तिमा राख्ने तयारी गरिरहेको बताएका छन्।

दिनेशले एक मिनेटमै १८ पटक ट्विस्ट ब्याकफ्लिप्स गरेर सन् २०१७ मा पहिलोपटक विश्व कीर्तिमान कायम गरेका थिए। 

त्यसपछि वर्षेनी नयाँ रेकर्ड बनाइरहे। सन् २०१८ मा ब्याकबर्ड समर्सल्टमा र सन् २०१९ मा फेरी एकपटक ट्विस्ट ब्याकफ्लिप्समा कीर्तिमान बनाए। तीन विश्व रेकर्ड पूरा गरेका दिनेशले सन् २०२० मा द मस्ट ब्याकवार्ड अर्सल्ट अन ट्राम्पोलाइनमा विश्व रेकर्ड बनाए। जसमा उनले एक घण्टामा चार सय ६० पटक ब्याक फ्लिप्स गरे। पाँचौँ रेकर्ड ‘मस्ट ब्याकफुल ट्विस्ट विथ बर्बिच इन वान मिनेट’मा बनाएका थिए। यो चाहिँ उनले एक वर्षअघि बनाएका हुन्।

प्रकाशित: Apr 22, 2022| 12:21 शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।