काठमाडौं- झापाको बाह्रदशी गाँउपालिका–३ चारपाने राजगढमा गए राति मोटरसाइकल दुर्घटना एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा स्थानीय १९ वर्षीय मोटरसाइकल चालक दिपेश विष्ट रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको हो।
विष्टले चलाएको प्रदेश २-०३-१९ प १८ ६४ नम्बरको मोटरसाइकल गए राती साढे ११ बजे बिजुलीको पोलमा ठोकिएको इलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएको छ।