मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे सचेतना

दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे सचेतना

आफैँमा दृष्टिविहीन उनले दुई दिनदेखि कसरी अनलाइनबाट अध्ययन गर्न सकिन्छ भन्नेबारे दृष्टिविहीनलाई ज्ञान बाँडिरहेका छन्।
 |  शुक्रबार, वैशाख ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ९, २०७९

काठमाडौं- विहीबार बुटवलका जलदेव सापकोटा भृकुटीमण्डपमा चलिरहेको 'क्यान इन्फोटेक'मा दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे जानकारी दिन व्यस्त थिए। आफैँमा दृष्टिविहीन उनले दुई दिनदेखि कसरी अनलाइनबाट अध्ययन गर्न सकिन्छ भन्नेबारे दृष्टिविहीनलाई ज्ञान बाँडिरहेका छन्। 

जलदेवले जस्तै जलशा सापकोटाले पनि आफूसँग भएको ज्ञान दृष्टिविहीनलाई बाँडिरहेका छिन्। भृकुटीमण्डपको ८० नं कक्षमा अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपाल (एड्राड नेपाल)ले दृष्टिविहीन तथा अक्षर पढ्न नसक्नेलाई यसरी सूचना प्रविधिको प्रयोगबारे जानकारी दिँदैआएको छ।

दृष्टिविहीनलाई सूचना प्रविधिबारे जानकारी दिन तथा उनीहरुलाई अनलाइन पुस्तकालय कसरी प्राप्त गर्न सकिन्छ भनेर जानकारी दिने उद्देश्यले उक्त प्रदर्शनी तथा साक्षात्कार आयोजना गरिएको हो। 

उक्त प्रदर्शनी यही वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ। 'दृष्टिविहीनले पनि प्रविधिको प्रयोग गरी धेरै गर्न सक्छन्, उनीहरु पनि  प्रविधिबारे जानकार हुनुपर्छ भन्ने ज्ञान दिन खोजेका हौँ', जलसाले भनिन्। दृष्टिविहीनले फोनबाटै विभिन्न एप्स प्रयोग गरेर बैंकको खाता सञ्चालन, अनलाइन कारोबारलगायतबारे जानकारी दिइने गरिएको छ।

प्रदर्शनीमा अपाङ्गता वा दृष्टिविहीनका बारेमा निर्माण भएका ऐन-कानुन, नीति, निर्देशिकाबारे समेत छलफल भइरहेको एड्राड नेपालका कार्यकारी प्रमुख डा. वीरेन्द्रराज पोखरेलले जानकारी दिए। 

प्रकाशित: Apr 22, 2022| 08:29 शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।