मंगलबार, साउन २६, २०८३

करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरीमा बिहीबार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। विवाहको लागि लगाइएको टेण्ट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो।
 |  शुक्रबार, वैशाख ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ९, २०७९

सप्तरी- सप्तरीमा बिहीबार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। विवाहको लागि लगाइएको टेण्ट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो। 

राजविराज नगरपालिका-१४ पर्साही घर भइ हाल छिन्नमस्ता ६ खुदिबखारीमा अस्थायी रुपमा बसोबास गर्दै आएका इनरदेव मण्डलका १९ वर्षीय छोरा शत्रुधन मण्डललाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लग्ने क्रममा बाटो मृत्यु भएको हो।

छिन्नमस्ता गाउँपालिका ३ सखडा स्थित सुरेन्द्र मण्डलको छोरीको बिहेमा लगाइएको टेन्ट खोल्ने क्रममा करेन्ट लागेको थियो। गाउँकै जिबछ साहको टेन्टमा लेबरको काम गर्दै आएको मण्डल करेन्ट लागेर सिकिस्त भएपछि उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको आफन्तले जनाए।

प्रकाशित: Apr 22, 2022| 07:34 शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।