शनिबार, असार ६, २०८३

जुम्लामा निर्वाचन कार्यालय स्थापना

दरमुकाम खलङ्गामा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लाका आठवटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना भएका हुन्।
 |  शुक्रबार, वैशाख ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ९, २०७९

जुम्ला- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जुम्लामा प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्। दरमुकाम खलङ्गामा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लाका आठवटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना भएका हुन्।

National life

हरेक स्थानीय तहको पालिका केन्द्रमा निर्वाचन कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले बताए। उनले भने, 'निर्वाचन कार्यालय स्थापना भएसँगै स्थानीय तहको निर्वाचनको तयारी विधिवत रूपमा प्रारम्भ भएको छ।' निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैसँगको समन्वय र सहकार्य हुन आवश्यक देखिएको उनको भनाइ छ।

निर्वाचन आचारसंहितको सवालमा समेत अनुगमन हुने मुख्य निर्वाचन अधिकृत सिंहले बताए। जिल्ला अदालत जुम्लाको नवनिर्मित भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन जिल्ला सुरक्षा समिति संवेदनशील बनेको बताए।

हरेक निर्वाचन कार्यालयको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। ४९६ कर्मचारी परिचालन निर्वाचनका लागि जिल्लाभर ४९६ कर्मचारी परिचालन हुने भएका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।     -रासस

Shivam cement

प्रकाशित: Apr 22, 2022| 07:25 शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।