बिहीबार, कात्तिक १२, २०८३
  • गृहपृष्ठ
  • कला/साहित्य
  • बिहेको फोटो सार्वजनिक गर्दै केकीले लेखिन्- शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु

बिहेको फोटो सार्वजनिक गर्दै केकीले लेखिन्- शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु

'प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउदा अत्यन्तै हर्षित छु,' उनले लेखेकी छन्। उनले आफ्ना शुभचिन्तकहरुबाट आशिर्वादको समेत अपेक्षा गरेकी छन्।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- अभिनेत्री केकी अधिकारीले आफ्नो विवाहको समाचार बाँढ्न पाउँदा आफूलाई हर्ष लागेको बताएकी छन्। बिहीबार आफ्नो विवाहको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै अभिनेत्री केकीले यस्तो लेखेकी हुन्। 

'प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउदा अत्यन्तै हर्षित छु,' उनले लेखेकी छन्। उनले आफ्ना शुभचिन्तकहरुबाट आशिर्वादको समेत अपेक्षा गरेकी छन्। 

केकीको पोस्टमा रोहितको पनि नाम उल्लेख गरिएको छ। रोहित तिवारी उनले चुनेका जीवनसाथी हुन्। उनी हाम्रो बजारका सीईओ हुन्।  

बुधबार नै उनको विवाहको चर्चा भएपनि बिहीबार मात्र उनले तस्बिर सार्वजनिक गरेकी हुन्। 

यस्तो छ केकीको स्टाटस

आजका दिन सम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउदा अत्यन्तै हर्षित छु। जीवनको नया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवन साथीले  उपहार स्वरूव यहाहरूको आशिर्वादको अपेक्षा गरेका छौँ। यहाहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ। 
-केकी /रोहित

प्रकाशित: Apr 21, 2022| 20:09 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।