मंगलबार, साउन २६, २०८३

काठमाडौंबाट ४ राउन्ड गोली बरामद

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँट डेरा गरी बस्ने प्रमिला तामाङको कोठाबाट पेस्तोलमा प्रयोग हुने ४ राउन्ड गोली बरामद भएको छ।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँट डेरा गरी बस्ने प्रमिला तामाङको कोठाबाट पेस्तोलमा प्रयोग हुने ४ राउन्ड गोलीलगायतका सामग्री बरामद भएको छ। बुधबार दिउँसो ती सामग्री बरामद भएको प्रहरीले जानकारी दिएको हो। 

तामाङको कोठा खाली गर्न प्रहरी तथा काठमाडौं महानगरपालिकाको प्रतिनिधि समेतको खटिएको टोलीले रीतपूर्वक कोठाको ढोका खोली जाँच गर्दा उक्त सामानहरू फेला पारी बरामद गरेको हो। 

उनको कोठाबाट नेपाली सेनाको जर्सी हरियो १ थान, नेपाल सेनाको कम्ब्याट पोशाक नसिलाएको १ थान, केशव बहादुर धानुकको नामको राहदानी १ थान, मोबाइल ४ थान, छाप १ थान, बिभिन्न्न ब्यक्तिका नामको चेकहरू,  विभिन्न व्यक्तिका नागरिकताहरु, कपाली तमसुक २ थान, जन्मकुण्डली १ थान र अन्य कागजातहरु बरामद भएको छ। 

प्रारम्भिक रुपमा सुनचाँदी व्यवसायीलाई घटनास्थलमै ल्याई परीक्षण गराउँदा उक्त पहेलो धातु नक्कली सुन भएको भनी प्रतिवेदन गरेको तथा उक्त पहेलो धातुलाई थप परीक्षणको लागि सुन-चाँदी व्यवसायी महासंघमा पठाइएको छ।

बरामद गोली, पहेलो धातु, कम्ब्याट ड्रेस लगायतको कागजात सम्बन्धमा प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट थप अनुसन्धान भइरहेको छ। 

प्रकाशित: Apr 21, 2022| 17:50 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।