मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट : एकको मृत्यु, ६ घाइते

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट : एकको मृत्यु, ६ घाइते

ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको एक अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गएको छ।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको एक अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गएको छ। ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट बिहीबार बिहान विस्फोट हुँदा एक जनाको ज्यान गएको हो।

बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। विष्फोटमा परी ६ जना घाइते हुनुका साथै एक जनाको ज्यान गएको छ। 

अक्सिजन भर्ने क्रममा विष्फोट भएको बताइएको छ। मृतक भारतीय नागरिक रहेका छन्। 

घाइतेको उपचारको लागि पाटन अस्पताल लगिएको छ। एक जनाको अवस्था गम्भीर छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।


प्रकाशित: Apr 21, 2022| 11:43 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।