मंगलबार, साउन २६, २०८३

सल्यानमा ट्याक्टर दुर्घटना, दुई जना घाइते

राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ आगरखोलामा बुधबार राति ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

सल्यान- राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ आगरखोलामा बुधबार राति ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्।

कपुरकोट बजारबाट गिटी बालुवा लिएर कपुरकोट गाउँपालिका-३ फलाटे जाँदै गरेको लु३त ४३७७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। दुर्घटनामा ट्याकटरमा सवार कपुरकोट गाउँपालिका-३ फलाटेका १८ वर्षीय खेमराज महतरा र दिपक केसी गम्भीर घाइते भएका छन्।

उनीहरू दुवै जनाको राप्ती प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कपुरकोट सल्यानले जनाएको छ। ट्याक्टरमा पाँच जना सवार थिए। चालक भने फरार रहेका छन्।

प्रकाशित: Apr 21, 2022| 11:31 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।