काठमाडौं- नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन्। व्यवसायी रोहित तिवारीसँग उनले सुटुक्क लगनगाँठो कसेकी हुन्।
केकीका श्रीमान् रोहित हाम्रो बजार डटकमका सीइओ हुन्।
केकीको विवाहका विषयमा सीमितलाई मात्र जानकारी दिइएको थियो। विवाहमा परिवारका सदस्य र सानो संख्याका साथीहरू मात्र उपस्थित थिए।