शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पलविरुद्ध बलात्कार आरोप लगाएकी पीडितले नवलपुरमा पनि फेरिन् बयान

पलविरुद्ध बलात्कार आरोप लगाएकी पीडितले नवलपुरमा पनि फेरिन् बयान

पल शाहले आफूमाथि पटकपटक बलात्कार आरोप लगाएकी नाबालिग गायिकाले नवलपरासी पूर्वमा पनि बयान फेरेकी छन्।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं- पल शाहले आफूमाथि पटकपटक बलात्कार आरोप लगाएकी नाबालिग गायिकाले नवलपरासी पूर्वमा पनि बयान फेरेकी छन्। बुधबार नवलपुर अदालतमा बकपत्रका क्रममा उनले आफूमाथि पलले करणी नै नगरेको दाबी गर्दै आफैले लगाएको आरोपविरुद्ध बकपत्र गरेकी हुन्। 

National life

यसअघि पनि नाबालिगले आफूमाथि पलले बलात्कार नगरेको दाबी गर्दै तनहुँ जिल्ला अदालतमा बकपत्र गराएकी थिइन्।  २०७७ चैत ७ गते गैँडाकोटको एक रिसोर्टमा ती गायिकामाथि शाहले जबरजस्ती करणी गरेको भन्दै गत फागुन १५ गते जाहेरी दर्ता भएको थियो। 

‘पलले मलाई करणी गरेका होइनन्। उनी त मेरा अविभावक हुन्,' बुधबार अदालतमा बकपत्रका क्रममा पीडितले भनेकी छन्, ‘सबै झुटो हो। हाम्रोबीचमा नराम्रो सम्बन्ध छैन।’

नाबालिगको बकपत्रका बेला पल शाहलाई पनि अदालत उपस्थित गराइएको थियो। बाँकी साक्षी र जाहेरवालाको बयान भोलिबाट हुने अदालत स्रोतले जानकारी दिएको छ। 

पीडित र पीडित परिवारले बकपत्र फेर्न थालेपछि उनीहरू 'होस्टाइल' भएको आशंका गरिएको छ। 

Shivam cement

आरोपित पल पुर्पक्षका लागि थुनामा छन्। 

प्रकाशित: Apr 20, 2022| 19:22 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।