मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाल्पाको सुख्खा पहिरोमा परी बेपत्ता पुरुषको शव भेटियो

पाल्पाको सुख्खा पहिरोमा परी बेपत्ता पुरुषको शव भेटियो

पाल्पाको तिनाउ गाउँपालिका–१ कलचमा सुख्खा पहिरोमा बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

बुटवल– पाल्पाको तिनाउ गाउँपालिका–१ कलचमा सुख्खा पहिरोमा बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ। बुधबार बिहान सोही ठाउँका ६१ वर्षीय दिलबहादुर हिस्कीको पहिरोमा परेर मृत्यु भएको अवस्थामा शव भेटिएको हो। 

पानीको नहर खन्ने क्रममा अचानक माथिबाट ढुंगासहितको पहिरो खसेर हिस्की बेपत्ता भएका थिए। पहिरोले पुरिएको अवस्थामा उनको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।  

प्रकाशित: Apr 20, 2022| 16:03 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।