काठमाडौं- तमिल र तेलुगु अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन्। काजलले पहिलो सन्तानको रुपमा छोरोलाई जन्म दिएकी हुन्।
काजलकी बहिनी निशा अग्रवाललेले इन्स्टाग्रामको स्टोरीमा तस्बिर सेयर गर्दै काजल आमा बनेको जानकारी दिएकी हुन्। उनले लेखेकी छन्, 'परिवारमा नयाँ खुशी छाएको छ। यो खुशीलाई तपाईहरुसँग ढिलो साट्न चाहन्नँ।'
काजलले केही बलिउड चलचित्रहरुमा समेत काम गरिसकेकी छन्। युवा पुस्तामा उनको फ्यान फ्लोइङ लोभ लाग्दो नै छ।
उक्त कुराको जानकारी गराएकी हुन्। उनले लेखेकी छिन्, 'यो खुसीको दिन हो। म तपाईँहरू सबैसँग केही विशेष समाचार साझा गर्न पर्खन सक्दिन।' गर्भवती हुँदा काजलले आफ्नो मातृत्व यात्राबारे प्रशंसकहरूसँग लगातार अपडेट गरिरहेकी थिइन्।