काठमाडौं– नुवाकोटमा भीरबाट लडेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका १२का २६ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनी गएको शनिबार सोही वडाको घट्टे फोगडा भीरबाट खसेका हुन्। शवको पोष्टमार्टम त्रिशूली अस्पतालमा गरिएको र परिवारले शव बुझेर दाहसंस्कार गरिसकेको प्रहरीले जानकारी दिएको छ।