मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हावाहुरीले विद्यालयको छानो उडाउँदा विद्यार्थीको बिचल्ली

हावाहुरीले विद्यालयको छानो उडाउँदा विद्यार्थीको बिचल्ली

हावाहुरीले छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ। छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ।  

गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो। विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदैआएको थियो। अहिले विद्यार्थी घाममा बसेर परीक्षा दिन बाध्य छन्। 'परीक्षासमेत प्रभावित भएको छ। नियमित कक्षा सञ्चालन गर्न समस्या छ', उनले भने।  

कक्षा ४, ५ र ६ का विद्यार्थी छाप्रोमा पढ्नुपर्ने अवस्था थियो। विसं २०२८ मा स्थापना भएको उक्त विद्यालयको भवन जीर्ण छ। पुरानो भवन भत्काएर नयाँ निर्माण गरिँदै छ। विद्यालय भवन निर्माण पूरा नहुँदा पठनपाठनमा बाधा पुगेको प्रधानाध्यापक राणा बताउँछन्।

गत कात्तिकमा भवन भत्काएर नयाँ निर्माण थालिएको हो। 'छाया नेपाल'ले सँगसँगै निर्माण थालेको तुलसीपुर-७ कालाखोलास्थित भवनको काम अन्तिम चरणमा पुगेको छ तर, अम्बासको भवन निर्माणको काम भने सुस्त गतिमा छ। 

विद्यालयका प्रअ राणाका अनुसार असार मसान्तसम्म सक्ने गरी सम्झौता भए पनि विद्यार्थीको पठनपाठनलाई मध्यनजर गरी छिट्टै पूरा गर्ने गरी अगाडि बढ्ने आश्वासन दिइएको थियो। एक करोड ४३ लाखको लागतमा आठ कोठाको भवन निर्माण गरिँदै छ। कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा हाल २४५ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा १४ शिक्षक कर्मचारी कार्यरत छन्।   रासस

प्रकाशित: Apr 20, 2022| 13:02 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।