काठमाडौं- ठमेलमा एक विदेशी नागरिक मृत फेला परेका छन्। ठमेलस्थित होटेल मनाङमा एक आइरिस (आयरल्याण्ड)का नागरिक मृत भेटिएका हुन्।
मृत फेला पर्नेमा आइरिस नागरिक एलेन म्याक्स रहेको प्रहरीले जनाएको छ। होटेलका छैटौं तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले उनको शव होटेलको पहिलो तलाको स्वीमिङ पुलमा भेटिएको बताएका छन्।
सुरक्षागार्डले बिहान ३ बजेतिर शव देखिपछि प्रहरीलाई खबर गरेका थिए।