शनिबार, असार ६, २०८३

मोटरसाइकलमा सल बेरिएर युवतीको मृत्यु

को ३८ प २२०३ नम्बरको मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–८ की करिव २१ वर्षीया रेश्मा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

विराटनगर- मोरङको ग्रामथान-७ मा एक युवतीको सडकमा गुडिरहेको मोटरसाइकलमा सल बेरिएर मृत्यु भएको छ। को ३८ प २२०३ नम्बरको मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–८ की करिव २१ वर्षीया रेश्मा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

National life

प्रहरीका अनुसार नेपालीले लगाएको लेहेङ्गाको सल मोटरसाइकलको चक्कामा बेरिएर मंगलबार साँझ ६:५० बजेतिर दुर्घटना भएको हो। 

दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। उक्त मोटरसाइकलका चालक ग्रामथान–७ घर भएका प्रहरी जवान ३० वर्षीय निरजकुमार चौधरी हुन्।

चौधरीले टिपरको ठक्करका कारण दुर्घटना भएको दाबी गरेपछि प्रदेश १–०२–००१ ख ८१०३ नम्बरको टिपर र चालक मोरङको बूढीगङ्गा गाउँपालिका–७ का ३४ वर्षीय हर्कबहादुर तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Apr 20, 2022| 11:55 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।