शनिबार, असार ६, २०८३

दाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

दाङको घोराहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं- दाङको घोराहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान साढे १० बजेतिर घोराही उपमहानगरपालिका-१४ कपासेस्थित घोराही-तुलसीपुर सडकखण्डमा दुर्घटना भएको हो।

National life

दुर्घटना हुँदा ट्याक्टरका मिस्त्री घोराही-१० उत्तर अम्रुई बस्ने २२ वर्षीय सुदन चौधरीको मृत्यु प्रहरीले जनाएको छ। 

रा१त ३३७० नम्बरको ट्याक्टर सडकमा बिग्रिएको थियो। त्यसलाई तान्न अर्को रा१त ४६११ नम्बरको ट्याक्टर बोलाइएको थियो। त्यसक्रममा सो ट्याक्टर पनि पल्टिएर चौधरी च्यापिएका थिए। 

घाइते भएका उनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 20, 2022| 11:42 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।