मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भन्सार छलिको सुन र मोबाइलसहित विमानस्थलबाट दुई जना पक्राउ

भन्सार छलिको सुन र मोबाइलसहित विमानस्थलबाट दुई जना पक्राउ

सुन र मोबाइलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं- सुन र मोबाइलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–३ घर भएका हेमराज न्यौपाने र धादिङको नीलकण्ठ नगरपालिका–७ घर भएका राजेन्द्र अधिकारी छन्। 

उनीहरू हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका थिए। उनीहरूबाट भन्सार छलेर ल्याइएको सुन र मोबाइल बरामद गरिएको हो। 

न्यौपानेले सुटकेशमा फल्स बटम बनाएर ४५ ग्राम बराबरको सुनको सिक्रि र आईफोन १३ प्रो ल्याएका थिए। 

अधिकारीले पनि ४५ ग्रामकै सुनको सिक्री र आइफोन १३ ल्याएका थिए। उनीहरू दुबै जनालाई विमानस्थल भन्सार कार्यालय बुझाइएको विमानस्थल प्रहरी कार्यालय जनाएको छ।

प्रकाशित: Apr 20, 2022| 11:37 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।