मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीका अर्थमन्त्रीको गाडीको ठक्करबाट एक जनाको मृत्यु

गण्डकीका अर्थमन्त्रीको गाडीको ठक्करबाट एक जनाको मृत्यु

अर्थमन्त्री बराल चढेको ग१झ ४४५ नम्बरको गाडीले पोखरामा नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको उपचारकै क्रममा मृत्यु भएको हो।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं- गण्डकी प्रदेशका का अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

अर्थमन्त्री बराल चढेको ग१झ ४४५ नम्बरको गाडीले पोखरामा नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको उपचारकै क्रममा मृत्यु भएको हो।

घटना पोखरा महानगरपालिका- ३२ खुदीमा भएको थियो। गम्भीर घाइते उनको मनिपाल अस्पतालमा उपचार भैरहेकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

ग१६प ५१८१ नम्बरको मोटरसाइकलमा सवार मीनबहादुर र उनको श्रीमती घाइते भएका थिए। उनकी श्रीमतिको भने अवस्था सामान्य छ। गाडी तीब्र गतिमा भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रकाशित: Apr 20, 2022| 10:51 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।