शनिबार, असार ६, २०८३

पाल्पामा सुख्खा पहिरोमा पुरिएर एकजना बेपत्ता

पाल्पाको तिनाउ-१ कचलमा सुख्खा पहिरोमा परी एक जना बेपत्ता भएका छन्।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

रुपन्देही- पाल्पाको तिनाउ-१ कचलमा सुख्खा पहिरोमा परी एक जना बेपत्ता भएका छन्।

National life

कचलफाँट सिँचाई आयोजनाको नहरमा पुरिएर स्थानीय करिब ५५ वर्षीय डिलबहादुर हिस्की बेपत्ता भएका हुन्। उनी मंगलबारदेखि बेपत्ता भएका छन्।

नहरमाथिबाट एक्कासी खसेको सुख्खा पहिरोमा पुरिएर मंगलबार दिउँसोदेखि बेपत्ता भएका उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

डिलबहादुरसँगै गएका अन्य व्यक्तिले भागेर ज्यान बचाउन सफल भएका छन्। घटनास्थलमा स्थानीय तथा नेपाल प्रहरीको टोलीले बुधबार बिहानैदेखि खोजी कार्य जारी राखेको छ।

प्रकाशित: Apr 20, 2022| 08:25 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।