मंगलबार, साउन २६, २०८३

चट्याङ लागेर बालिकाको मृत्यु, दुई घाइते

मंगलबार साँझ चट्याङ लागेर एक बालिकाको घटनास्थलमै ज्यान गएको छ। काभ्रेको महाभारत गाउँपालिका-७ स्थित केराबारीमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको हो।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काभ्रे- मंगलबार साँझ चट्याङ लागेर एक बालिकाको घटनास्थलमै ज्यान गएको छ। काभ्रेको महाभारत गाउँपालिका-७ स्थित केराबारीमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय देवीटारका सई प्रणनी देवान रामले चट्याङ लागेर डिलबहादुर मोक्तानकी कान्छी छोरी १६ वर्षीय कान्छीमाया मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ। घरमै बसेको समयमा चट्याङ लागेर उनको ज्यान गएको हो।

प्रहरीका अुनसार चट्याङ लागेर दुई जना घाइते भएका छन्। जसमा मृतककी आमा सञ्चमाया मोक्तान र मामा बुद्ध घलान रहेका छन्। चट्याङ लागेर एक वटा भैँसीसमेत मरेको छ।

प्रकाशित: Apr 20, 2022| 06:24 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।