शनिबार, असार ६, २०८३

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको तयारी

यही वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२२ मनाइने भएको छ। दिवसको मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिको आजको बैठकले दिवसका नारा तयारीलगायत प्रचारप्रसारका लागि आवश्यक गृहकार्य गरेको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९
National life
Shivam cement

काठमाडौं- यही वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२२ मनाइने भएको छ। दिवसको मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिको आजको बैठकले दिवसका नारा तयारीलगायत प्रचारप्रसारका लागि आवश्यक गृहकार्य गरेको छ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा रहेको सो समितिको मंगलबार सञ्चारग्राममा सम्पन्न बैठकले सबै सङ्घीय मन्त्रालय र सम्बन्धित निकायका वेबसाइटमा दिवसको नारा र प्रतीक चिह्न समावेश गरी सन्देश प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत आग्रह गर्ने, सबै प्रकारका आमसञ्चार माध्यमलाई दिवसकेन्द्रित समाचार, आलेख, विशेष संवाद, परिसंवाद, वृत्तचित्र आदि कार्यक्रम प्रकाशन र प्रसारण गराउन आग्रह गर्ने निर्णय गरेको छ। उपसमितिले सबै प्रदेश र स्थानीय तहका सरकारलाई पनि दिवस मनाउन नेपाल सरकारमार्फत पत्राचार गराउन पनि निर्णय गरेको छ। 

बैठकमा राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरणलगायत निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रकाशित: Apr 19, 2022| 23:20 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।