शनिबार, वैशाख २२, २०८१

जन्मोत्सवमा नेविसंघप्रति कांग्रेस नेताको गुनासै-गुनासा

रोचक त के भने, यसरी देउवाले व्यग्ङ्य गरिरहँदा नेविसंघकै कार्यकर्ता गड्गडाहट ताली पिटिरहेका थिए। कार्यकर्ता तहबाटै देउवाको कुरामा समर्थनको भाव देखिन्थ्यो।
 |  मंगलबार, वैशाख ६, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मंगलबार ५३औँ जन्मजयन्ती मनायो। जन्मोत्सवको अवसर पारेर उसले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा ‘आगामी निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्ठी’ आयोजना गरेको थियो। नेविसंघको जन्मोत्सवमा शुभकामना दिन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहितका थुप्रै कांग्रेस पदाधिकारी वक्ता बनेर पुगेका थिए। 

triton college

वक्ताहरूका शब्द फरक भएपनि उनीहरूले दिने शुभकामनाको केन्द्रबिन्दुमा भने ठूलो अन्तर थिएन- गुनासो। कांग्रेस नेताहरूले नेविसंघप्रति गरेका गुनासाका विषयवस्तुमध्ये केही राजनीतिक थिए त केही शैक्षिक। नेविसंघ नेतामा नैतिकता नभएकोदेखि संघको अस्तित्व रक्षासम्मको गुनासो व्यक्त गर्न कांग्रेस नेताहरूले नेविसंघकै जन्मोत्सव समारोहलाई प्रयोग गरे।  शुभकामना लिन बोलाएका अतिथिहरुबाट नेविसंघले संघठन विस्तारमा चुकेको आरोप पनि खेप्यो। हुन त यस्तो आरोप नेविसंघले पहिलो पटक खेपेको भने होइन। 

नेविसंघको अवस्था बिग्रँदै गएकोदेखि प्रभावकारी रूपमा काम नगरेको विषयमा गुनासाका थाक राखेर शुभकामना दिनेमा सभापति देउवा नै अगाडि देखिए। नेविसंघको संगठन फितलो भएको महसुस गरेका देउवाले विद्यालय-विद्यालयमा संगठन विस्तार गर्न निर्देशन दिए। भर्खरै 'नेविसंघको बागडोर सम्हाल्नू' भनेर आफैँले मनोनयन गरी अध्यक्ष बनाएका दुजाङ शेर्पातर्फ हेर्दै देउवाले भने, ‘गाउँका स्कुलमा संगठन विस्तार गर्नुस्। जबसम्म स्कुलमा नेविसंघ पुग्दैन, हामीले जित्दैनौं। अहिले एमाले, माओवादीले स्कुलमै संगठन बनाएका छन्। तर हाम्रो त कहीँ पनि छैन।’ नेविसंघ सहर केन्द्रित भएकोमा देउवाको असन्तुष्टि (गुनासो) थियो। 

देउवा यतिमै रोकिएनन्। नेविसंघका नेता–कार्यकर्ताप्रति व्यग्ङ्य गर्दै उनले अब्बल र सक्षम साबित गर्न चुनौती दिए। देशको भविष्य नेविसंघकै हातमा आउने भन्दै नेताहरुलाई अझै तिखारिन अनुरोध गरे। नेविसंघका अधिकांश नेताहरूमा नैतिकताको खडेरी परेको बुझेका सभापति देउवाले थपे, ‘आफू अब्बल हुनुस् न। पढाइमा फेल भएर, गफ गरेर मात्र हुन्छ?’ 

प्रकाशित: Apr 19, 2022| 19:59 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...