शनिबार, असार ६, २०८३

पल शाह प्रकरण : पीडितका बुबाले पनि फेरे बयान

पल शाहको जबरजस्ती करणीसम्बन्धी मुद्दामा पीडित नाबालिगपछि आज जाहेरवाला पीडितका बुबाले पनि बयान फेरेका छन्।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं– पल शाहको जबरजस्ती करणीसम्बन्धी मुद्दामा पीडित नाबालिगपछि आज जाहेरवाला पीडितका बुबाले पनि बयान फेरेका छन्।

National life

तनहुँ जिल्ला अदालतमा भएको बकपत्रमा पीडितका बुबाले आफूले सुनेको भरमा जाहेरी दिएको बयान गरेको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए। 

‘जाहेरवाला पीडितका बुबाले पनि पहिलेभन्दा अलि फरक व्यहोराको बकपत्र लेखाए,’ जिल्ला न्यायाधिवक्ता शर्माले भने, ‘जाहेरीमा सहीछाप आफ्नै हो भने तर छोरीलाई करणी गरेको सुनेको भरमा अरुको उक्साहटमा जाहेरी गरेको, आफूले देखेको चाहिँ होइन भन्ने खालको बयान दिए।’

यसअघि  पीडित नाबालिगले पनि बयान फेरेकी थिइन्। आफूलाई प्रेम र बिहेको प्रलोभन देखाएर पटकपटक करणी गरेको आरोप लगाएकी उनले आइतबार बकपत्रका क्रममा अनुसन्धान अधिकारीसमक्ष दिएको बयान बदल्दै पलले आफूलाई बलात्कार नगरेको दाबी गरेकी थिइन्। ‘पीडितले आइतबार फरक व्यहोराको बकपत्र लेखाएकी थिइन्,’ जिल्ला न्यायाधिवक्ता शर्माले भने, ‘अरु त पहिलेभन्दा खासै फरक भनिनन् तर हाम्रो शारीरिक सम्बन्धचाहिँ भएको छैन भनेर बयान फेरेकी थिइन्।’

पीडक परिवारले बिहेको आश्वासन देखाएपछि पछिल्लो समय मनोवैज्ञानिक रुपमा विक्षिप्त रहेकी पीडित र उनको परिवारले ‘होस्टाइल’ भएर बयान फेरेको अधिवक्ताहरुको आशंका छ। ‘तर बयान फेरिँदैमा पलले सफाइ पाउने भन्ने चाँहि होइन। ‘मिसिलमा अरु प्रमाणहरु पनि समावेश छन्। साविती बयानकै आधारमा प्रतिवादीले सफाइ पाउने भन्ने त हुँदैन। अब अदालतले केलाई प्रमाणका रुपमा लिन्छ, त्यसकै आधारमा फैसला आउने हो,’ जिल्ला न्यायाधिवक्ता शर्माले भने।

Shivam cement

त्यस्तै आज पीडितका बुबाको बयानअघि गायक दुर्गेश थापाले पनि बकपत्र गराएका छन्। सोमबार भने पीडितको पक्षबाट गायक कमल खत्रीसहित पलका साथीहरु सागर लामिछाने, नरेश जोगी र अर्बिन पामोले बकपत्र गरेका थिए।

के थियो बुबाको जाहेरीमा?

नाबालिग गायिकाका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएको जाहेरीमा विगत तीन महिनादेखि छोरीले काममा मन नलगाएर एकोहोरो बस्न थालेपछि त्यसको कारण खोतल्दै जाँदा पल शाहले देखावटी मायाप्रेमको बहाना गर्दै जबरजस्ती करणी गरेको आरोप लगाइएको छ। 

पलले ती नाबालिग गायिकासँग विभिन्न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्ने क्रममा पटकपटक जबरजस्ती करणी गर्न खोजेको आरोप पनि जाहेरीमा उल्लेख छ।

पीडितका बुबाले दिएको जाहेरीमा पलले ०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने–आउने क्रममा ती नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा संवेदनशील अंग चलाउने, जिस्काउने, समात्नेजस्ता कार्य गरेको समेत उल्लेख छ। जाहेरीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाई, कृष्ण जोशी पनि थिए।

त्यसपछि गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिग बसेको कोठामा गएर ललाईफकाइ ‘बिहे गर्छु, धोका दिन्न’ भन्ने विश्वास दिलाई असहमति हुँदाहुँदै जबर्जस्ती करणी गरेको आरोप पनि जाहेरीमा लगाइएको थियो।

प्रकाशित: Apr 19, 2022| 16:33 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।