आइतबार, वैशाख १४, २०८२

कौसी थिएटरमा आजदेखि 'उलार' मञ्चन

लेखक नयनराज पाण्डेको उपन्यास ‘उलार’मा आधारित नाटक सुरू भएको छ।
 |  मंगलबार, वैशाख ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

vianetvianet

काठमाडौं– लेखक नयनराज पाण्डेको उपन्यास ‘उलार’मा आधारित नाटक सुरू भएको छ। टेकुस्थित कौसी थिएटरमा मञ्चन सुरु भएको उलारमा रंगकर्मी चे शंकरको परिकल्पना तथा निर्देशन रहेको छ। 

triton college

गार्डेन थिएटर र कथा घेरासँगको सहकार्यमा मञ्चन हुने नाटकमा सरिता गिरी, सवीर चरौटे, अरूण शर्मा, सञ्जय गुप्ता, शेखर चापागाईं लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ। दर्जन बढी नाटक निर्देशन गरेका चे शंकरको निर्देशनमा यसअघि ‘सेम टाइम नेक्स इयर’, ‘लुक व्याक इन एंगर’, ‘तिर्खा’, ‘ऊ मरेकी छैन’, ‘कोही किन बर्बाद होस्’, ‘मिस्टर फक्स एण्ड स्कुल ब्वाय’, लगायत नाटक मञ्चन भइसकेका छन्। 

२५ वर्ष अगाडि प्रकाशित उलार नेपालगञ्जको परिवेशमा बुनिएको उपन्यास हो। लघु आकारमा रहेको यो उपन्यास सीमान्त तहका जनताहरको संघर्षको कथा भन्छ। लेखक नयनराज पाण्डेको चर्चित उपन्यास मध्ये एक हो उलार। यसले उठाएका राजनीतिक, सामाजिक र आर्थिक मुद्दा वर्तमान नेपाली समाजमा अद्यापि सान्दर्भिक रहेको निर्देशक चे शंकरको भनाइ छ।

पाठकले निकै रुचाएको उलारका पात्र र कथा अहिले पनि लोकप्रिय छन्। यस कथालाई नाटकका रुपमा दर्शकमाझ ल्याउने काम चुनौतीपूर्ण भए पनि आफू उत्साहित रहेको चेले बताए। उनले नाटक मञ्चनका लागि एक महिना रिहर्सल गरेको पनि बताए। नाटक आज ६ गतेदेखि वैशाख १८ गतेसम्म मञ्चन हुनेछ। 


प्रकाशित: Apr 19, 2022| 13:56 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।