शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाउँलाई जङ्गली हात्तीबाट जोगाउन विद्युतीय साइरन जडान

गाउँलाई जङ्गली हात्तीबाट जोगाउन विद्युतीय साइरन जडान

चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पुर्‍याउन थालेपछि साइरन जडान गरिएको हो।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

कञ्चनपुर- जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ।

National life

चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पुर्‍याउन थालेपछि साइरन जडान गरिएको हो। 'बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज निकालिन्छ,' बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुर सिंह महराले भने 'आवाज सुनेपछि स्थानीय बासिन्दा सतर्क रहेर बालीनालीसँगै जीउज्यान जोगाउन सजग हुन्छन्।'

साइरन बजाउनका लागि एक कर्मचारीको समेत व्यवस्था गरिएको छ। साइरनको आवाज तीन किलोमिटरसम्म सुन्न सकिन्छ।

'साइरनको आवाजले हात्तीसमेत तर्सेर भाग्छ,' अध्यक्ष महराले भने, 'हात्तीको बथानले घर लगायतको भौतिक पूर्वाधारमा समेत क्षति पुर्‍याउन पाउँदैन।'

सामुदायिक वन समन्वय समिति (सिएफसिसी) वाणी र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा जङ्गली हात्ती नियन्त्रण पूर्व सूचना प्रणालीअन्तर्गत साइरन जडान गरिएको हो। साइरन नगरपालिकाको बेलडाँडी, मणिकाधाम टोल, पारिफाँटालगायत तीन ठाउँमा जडान गरिएको छ।

Shivam cement

भारतको दुधुवा नेशनलपार्क हुँदै चुरे क्षेत्रसम्म आइपुग्ने जङ्गली हात्तीको बथानले स्थानीय किसानको खेतमा लगाइएको अन्नबाली खानाका साथै प्रतिवर्ष मानवीय र भौतिक क्षति पुर्‍याउँदै आएको छ। साइरन जडानले जङ्गली हात्तीका कारण हुने क्षति न्यूनीकरणमा टेवा पुग्ने बताइएको छ।  

प्रकाशित: Apr 19, 2022| 13:18 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।