मंगलबार, साउन २६, २०८३

चार ठाउँमा चारजना मृत फेला

देशका विभिन्न स्थानमा चारजना मृत फेला परेका छन्।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं– देशका विभिन्न स्थानमा चारजना मृत फेला परेका छन्। काठमाडौं महानगरपालिका २२ खिचापोखरीस्थित टहरोमा काठमाडौं सितापाईला घर बताउने करिब ५० वर्षीय गोपाल प्रधान नाम गरेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्। 

त्यसैगरी तेह्रथुमको आठराई गाउँपालिका २ खाम्लालुङ बस्ने ५५ वर्षीय नाक्पु छिरिङ शेर्पा आफ्नै घरदेखि करिब ३ किलोमिटर टाढा जुरे जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन्। 

उता डोटीको पुर्विचौकी गाउँपालिका ७ पोखरी बस्ने ५५ वर्षीय दिल बहादुर बडेला सोही ठाउँस्थित दाडीया भिर मुनि सोमबार  मृत अवस्थामा फेला परेका छन्। वैशाख २ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त भीरमा उनको शव फेला परेको हो। 

त्यसैगरी मोरङको ग्रामथान गाउँपालिका ७ स्थित बाटो छेउमा सुन्दरहरैचा नगरपालिका ११ बस्ने ८७ वर्षीय बल बहादुर श्रेष्ठ सोमबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


प्रकाशित: Apr 19, 2022| 12:19 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।