शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँके निर्माण व्यवसायी संघद्वारा 'निर्माण होलिडे' घोषणा

बाँके निर्माण व्यवसायी संघद्वारा 'निर्माण होलिडे' घोषणा

निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माण कार्य ठप्प बनाएका छन्।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

बाँके- बाँके निर्माण व्यवसायी संघले जिल्लामा 'निर्माण होलिडे' घोषणा गरेको छ। निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माण कार्य ठप्प बनाएका छन्।

National life

यो घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करीब सात अर्ब बराबरको ५०० सरकारी निर्माण आयोजनाका काम रोकिएको बाँके निर्माण व्यवसायी संघका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिए। उनले ठेक्का सम्झौता हुँदाको बेलाभन्दा अहिले निर्माण सामग्रीको मूल्य अत्यधिक भएकाले व्यवसायी घाटामा जान थालेको उल्लेख गरे। 

'पहिले गरिएको ठेक्कामा अहिले काम गर्ने अवस्था छैन, त्यसैले बाध्य भएर निर्माण होलिडे घोषणा गरेका हौँ,' अध्यक्ष खड्काले भने। सबैभन्दा बढी डिजेलमा २५ प्रतिशत, इँटामा ३३ प्रतिशत र फलाममा २४ प्रतिशत मूल्यवृद्धि भएको व्यवसायीले जनाएका छन्।

संघका लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेश चन्दले कतिपय व्यवसायीले सामग्री खरीद गर्न नसकेकाले तनाव झेल्नुपरेको उल्लेख गर्दै अन्तिम विकल्पका रूपमा यो अवस्था आएको बताए। 

संघले निर्माण सामग्रीको जिल्लामा तोकिएको दररेट समायोजन गर्न, मूल्यवृद्धिलाई राहत हुने गरी निर्देशिका ल्याउन, निर्माण पूरा हुने म्याद थप गर्न माग गरेको छ। कतिपय व्यवसायीले कामका लागि कच्चा पदार्थसमेत नपाइएको र पछिल्लो भुक्तानीसमेत नपाइएको गुनासो गरेका छन्।

Shivam cement

प्रकाशित: Apr 19, 2022| 11:29 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।