बझाङ- बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आज बिहान ६ बजेर तीन मिनेट जाँदा बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ। यसअघि चैत ९ गते ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।