शनिबार, असार ६, २०८३

अतिक्रमण हटाएर 'उद्यान'

स्थानीय व्यक्तिहरूले अतिक्रमण गरेको सार्वजनिक जग्गा पहिचान गरेर संरक्षणका साथै उद्यान बनाउन लागिएको हो।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाएर पार्क (उद्यान) बनाउन थालिएको छ। स्थानीय व्यक्तिहरूले अतिक्रमण गरेको सार्वजनिक जग्गा पहिचान गरेर संरक्षणका साथै उद्यान बनाउन लागिएको हो।

National life

बेनी नगरपालिका–८ का वडाध्यक्ष रामकृष्ण बराइली (विश्‍वकर्मा)ले सार्वजनिक जग्गाको संरक्षण र स्थानीय आवश्यकताअनुसार उद्यान बनाउन लागिएको बताए।

'नापी कार्यालयको प्राविधिक सहयोगमा सार्वजनिक जग्गा पहिचान गरेर सहमतिमा अतिक्रमण हटाएका थियौँ', उनले भने, 'फिर्ता भएको सार्वजनिक जग्गालाई संरक्षण र व्यवस्थापन गरेर उद्यान बनाउन लागिएको हो।' कालीपुलको पुरानो पुल नजिक कालीगण्डकी किनारमा व्यक्तिगत जग्गाको साँध सिमानामा रहेको एक रोपनीभन्दा बढी जग्गा फिर्ता गराइएको थियो। पहिलो चरणमा छ जनाबाट अतिक्रमित जग्गा फिर्ता गरिएको र थप जग्गा पहिचान गरिने वडा सदस्य हिमबहादुर भण्डारीले बताए।

कालीगण्डकी नदीको किनारमा रहेको सार्वजनिक जग्गामा बाल उद्यान बगैँचा बनाउनुका साथै बसपार्कमा पुग्‍ने पैदलमार्ग बनाउन लागिएको हो। उद्यान निर्माणका लागि चालु आर्थिक वर्ष २०७८-७९ मा बेनी नगरपालिकाले चार लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

उपभोक्ता समितिका अध्यक्ष ताराप्रसाद पुनले एक दशमव ३० मिटर अग्लो र ६५ मिटर लामो मेसेरेनरी पर्खाल निर्माण अन्तिम चरणमा पुगेको बताए। ‘पर्खालमाथि ४२ वटा फलामको पोल र रेलिङ राख्‍ने योजना छ', उनले भने, 'पर्खाल बनाएपछि माटो राखेर फिलिङ गर्छौँ। उद्यान बनाउन थप बजेट व्यवस्थापनका लागि नगरपालिकामा प्रस्ताव गरेका छौँ।'

Shivam cement

गलत नियतले नभई आफूहरूले खरिद गर्नुअघिदेखि नै व्यक्तिहरूले प्रयोग गरेको जग्गा सार्वजनिक भएको नापचाँचबाट पहिचान भएपछि अहिले फिर्ता गर्नुपर्दा मर्कामा परेको स्थानीयवासीले बताएका छन्। कालीपुल म्याग्दी सदरमुकाम बेनी बजारभित्रको पुरानो बस्ती हो। यो बस्तीमा चहलपहल बढाउन त्यहाँ रहेको पर्वत जोड्ने पुरानो फलामको पुल संरक्षण र नजिकै दृष्यावलोकनस्थल बनाइएको छ। फलामको पुललाई रङरोगन गरिएको छ।

पुलको जीपका लागि बनाइएको पर्खालको उचाइ बढाएर त्यहाँ पुग्ने फलामको भर्‍याङ राखिएको छ। माथिल्लो भागमा बसेर कालीगण्डकी नदी, कालीपुल र बेनी बजारको दृष्यावलोकन गर्न सकिन्छ। दृष्यावलोकनस्थलमा गर्मीमा शीतलता, चिसोमा घाम ताप्‍ने, तस्‍बिर खिच्‍ने र टिकटक बनाउनेहरूको चहलपहल बढेको छ।  रासस

प्रकाशित: Apr 19, 2022| 09:25 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।