शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पल शाह प्रकरण : गायक कमल खत्रीसहित ४ जनाको बकपत्र सकियो, पीडितका बुबाको हुनै बाँकी

पल शाह प्रकरण : गायक कमल खत्रीसहित ४ जनाको बकपत्र सकियो, पीडितका बुबाको हुनै बाँकी

तनहुँ जिल्ला अदालतमा आज प्रतिवादीका साथी र बुझिएका मान्छेहरु गरी चार जनाले बकपत्र दिएको तनहुँ जिल्ला सरकारी वकिलका कार्यलयका प्रमुख जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्माले बताए।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- पल शाहको जर्बजस्ती करणी सम्बन्धी मुद्दामा आज चार जनाले बकपत्र गरेका छन्। तनहुँ जिल्ला अदालतमा आज प्रतिवादीका साथी र बुझिएका मान्छेहरु गरी चार जनाले बकपत्र दिएको तनहुँ जिल्ला सरकारी वकिलका कार्यलयका प्रमुख जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्माले बताए। 

National life

शर्माका अनुसार पीडितको पक्षबाट गायक कमल खत्रीसहित पलका साथीहरु सागर लामिछाने, गायक नरेश जाेगी र अर्बिन पामाेले साेमबार बकपत्र गरेका हुन्। बाहिर पीडितका बुबाको बकपत्र भइसकेको खबर आएपनि अहिलेसम्म नभएको समेत उनले जानकारी दिए। ‘पीडितका बुबा जोहरवाला हुन्, जाहेरवालको बकपत्र अरु सबैको सकिएपछि अन्तिममा हुन्छ,’ उनले भने। 

पलले आफूलाई प्रेम र बिहेको प्रलोभन देखाएर पटकपटक करणी गरेको आरोप लगाएकी पीडित नाबालिगले आइतबार बकपत्र दिएकी थिइन्। बकपत्रका क्रममा उनले अनुसन्धान अधिकारीसमक्ष दिएको बयान नै बदलेर पलले आफूलाई बलात्कार नगरेको बताएकी थिइन्। ‘पीडितले आइतबार फरक व्योहोराको बकपत्र लेखाइन्,’ जिल्ला न्याधिवक्ता शर्माले भने, ‘अरु त पहिलेभन्दा खासै फरक भनिनन् तर हाम्रो शारिरीक सम्बन्धचाँही भएको छैन भनेर बयान फेरिन्।’

पीडक परिवारले बिहेको आश्वासन देखाएपछि पछिल्लो समय मनोवैज्ञानिक रुपमा विक्षिप्त रहेकी पीडितले ‘होस्टाइल’ भएर बयान फेरेको अधिवक्ताहरु आशंका छन्। तर बयान फेरिँदैमा पलले सफाइ पाउने भन्ने चाँहि होइन। ‘मिसिलमा अरु प्रमाणहरु पनि समावेश छन्। साविती बयानकै आधारमा प्रतिवादीले सफाइ पाउने भन्ने त हुँदैन। अब अदालतले केलाई प्रमाणका रुपमा लिन्छ, त्यसकै आधारमा फैसला आउने हो,’ जिल्ला न्यायधिवक्ता शर्माले भने।

प्रकाशित: Apr 18, 2022| 18:00 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।