मंगलबार, साउन २६, २०८३

जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

स्याङ्जाको वालिङ-१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

स्याङ्जा- स्याङ्जाको वालिङ-१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए। 

अन्य पाँचजनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ। दुर्घटनामा मृत्यु हुने सबै एउटै गाउँका हुन्।

मृत्यु हुने र घाइते हुने सबै एउटै गाउँका भएका कारण अहिले गाउँ शोकमा डुबेको छ।

वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट बायँटारी आउँदै गरेको ग१ज ७३९९ नंको जीप आइतबार बिहान फिरफिरेमा दुर्घटनामा परेको थियो। जीप ग्रामीण कच्ची सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो। - रासस

प्रकाशित: Apr 18, 2022| 12:43 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।