मंगलबार, साउन २६, २०८३

संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना हुँदै

निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा गृहमन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतको प्रतिनिधित्व केन्द्रमा रहनेछ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- निर्वाचन आयोग र सुरक्षा निकायको प्रतिनिधित्व हुने गरी वैशाख १० गते आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) स्थापना हुँदैछ।

निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा गृहमन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतको प्रतिनिधित्व केन्द्रमा रहनेछ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन वैशाख ११ र १२ गते हुँदैछ। 

निर्वाचन कार्यालय स्थापना गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने तथा जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयद्वारा सञ्चालित निर्वाचन कार्यक्रमसम्बन्धी प्रगति प्रतिवेदन तुरुन्त प्राप्त गरी सचिवालयमार्फत आयोगमा पेश गर्ने केन्द्रको मुख्य कार्य जिम्मेवारी रहने छ।

विभिन्न सुरक्षा निकायसँग समन्वय र सम्पर्क गरी निर्वाचनसम्बन्धी वस्तुस्थिति बुझी सुरक्षासहित आयोगमा पेश गर्ने, निर्वाचन कार्यक्रम सञ्चालनसँग सम्बन्धित सबै विषय प्रवक्तामार्फत सबै सामु पुर्‍याउन आवश्यक सूचना र विवरण उपलब्ध गराउने कार्य जिम्मेवारी रहेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र अन्य निकायले पेश गरेका समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाउने, निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घटना परिघटनको संकलन एवं विश्लेषण, रोकथाम र समाधान गर्नका लागि उपयुक्त कदम चल्न आयोग र सम्बन्धित निकायमा केन्द्रले सुझाव पेश गर्नेछ।

निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना संकलन, प्रशोधन, विश्लेषण अद्यावधिक गर्ने तथा दैनिक प्रतिवेदनसम्बन्धी काम गर्ने केन्द्रबाट हुनेछ। केन्द्रले निर्वाचन कार्य सम्पन्नपछि आयोगसमक्ष अन्तिम प्रतिवेदन पेश गर्ने कार्य जिम्मेवारी छ।     -रासस

प्रकाशित: Apr 18, 2022| 11:29 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।