मंगलबार, साउन २६, २०८३

पाल्पामा ७० वर्षीया वृद्धा बलात्कृत

पाल्पामा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

पाल्पा- पाल्पामा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

गत शनिबार राति तानसेन नगरपालिका बस्दै आएकी वृद्धा बलात्कृत भएकी थिइन्। उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाँउपालिका–४ भैरवस्थानका २७ वर्षीय सञ्जय सुनारलाई पक्राउ गरेको छ।

सुनारले ती वृद्ध महिलालाई मध्यराति भैरवस्थान मन्दिर नजिकै बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। सुनारलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 18, 2022| 10:48 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।