बुधबार, असार ३१, २०८३

सरलाहीको महारानीमा सनराइजको शाखारहित बैंकिङ सेवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाण्डौं- सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्‍याउँदै जाने उद्देश्यका साथ आफ्नो २३ औँ शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १३, महारानी बजारमा शुरू गरेको छ। 

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईश्वरपुर नगरपालिकाका अध्यक्ष  रामकरण महतोले एक समारोहकाबीच गरेका छन्। सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट-प्रतिनिधि अमरसिंह कुशवाहालाई ‘पोइन्ट अफ सेल मेसिन’ बर्दिबास शाखाका प्रवन्धक दिपेश ढकालले हस्तान्तरण गरेका थिए। उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ।  

अहिले बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २३ पुगेको छ । बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका सेवा पुर्‍याउने उद्देश्यले शाखारहित बैंकिङ्ग बैंकले विस्तार गर्दै गएको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्