शनिबार, असार ६, २०८३

सडक बत्ती नबल्दा सकस

त्यसपछि ती सौर्य सडक बत्तीको टिकाउ भनेको केहीको एक वर्ष भयो, भने केही बत्ती बढीमा डेढ वर्ष टिके। यसपछि सबै सडक बत्ती बल्न छोडे। रातिमा बल्नुपर्ने बत्ती बल्न छाडेपछि पैदलयात्रुलाई मात्रै सास्ती छैन, वरपरका व्यवसायीलाई पनि निकै समस्या हुनेगर्छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

तुलसीपुर- तुलसीपुर बजारका सडकका दायाबाया राखिएका बत्ती बल्न छोडेको तीन वर्ष पुग्‍नै लाग्यो। २०७३ सालमा सडक बत्ती जडान गर्ने सम्झौता भएपछि २०७४ सालतिर जडान भए। 

National life

त्यसपछि ती सौर्य सडक बत्तीको टिकाउ भनेको केहीको एक वर्ष भयो, भने केही बत्ती बढीमा डेढ वर्ष टिके। यसपछि सबै सडक बत्ती बल्न छोडे। रातिमा बल्नुपर्ने बत्ती बल्न छाडेपछि  पैदलयात्रुलाई मात्रै सास्ती छैन, वरपरका व्यवसायीलाई पनि निकै समस्या हुनेगर्छ।

'सडक बत्ती नाम मात्रैका भए, बल्न छोडेको धेरै वर्ष भयो', तुलसीपुरका सुनचाँदी व्यवसायी तुलसीराम सुनारले भने, 'हाम्रा  पसलमा सीसी क्यामेरा त छन्, तर बत्ती नै नभएपछि त्यो पनि देखिन समस्या हुने गरेको छ।' 

तुलसीपुरका विभिन्‍न ठाउँका पसलमा चोरी भए पनि चोरी गर्ने व्यक्तिलाई पत्ता लगाउन  समस्या छ।  सडक बत्ती नबल्दा सीसी क्यामेराले देखाए पनि अनुहार चिन्‍न गाह्रो हुन्छ। बत्ती बल्न छोडेको लामो समय भइसक्दा पनि मर्मतका लागि कुनै पनि पहल भएको देखिँदैन। अहिले सौर्य सडक बत्ती बल्न छोडेपछि सम्बन्धित टोल विकास संस्थाले आफूहरूले नै बत्ती जडान गरेर बाल्ने गरेका छन्। 

सौर्य बत्तीमा अन्य बत्ती जडान गरेर भए पनि काम चलाउन गर्ने गरिएको  तुलसीपुर-५ स्थित प्रतिभा टोल विकास संस्थाका अध्यक्ष प्रेम योगीले बताए। 'हाम्रो टोलमा १५ वटा यस्ता बत्ती जडान गरिएको हो। ती एक वर्षसम्म मात्रै बले', उनले भने, 'खासमा पाँच वर्ष ग्यारेन्टी भनेर हामीलाई भने पनि सबैको मिलाएर पाँच वर्ष रहेछ, ब्याट्री त दुई वर्षको मात्रै रहेछ, यो कुरा पछि ब्याट्री बिग्रिएपछि आएका इन्जिनियरले भनेपछि मात्रै हामीले थाहा पायौँ।'

Shivam cement

यी बत्ती मर्मत गरिदिने भनी पटक–पटक आश्वासन दिने गरेको भए पनि मर्मत गर्नतर्फ कसैले ध्यान नदिएको उनको गुनासो छ । तुलसीपुरका विभिन्‍न स्थानमा १२५ सौर्य बत्ती जडान गरिएको छ। तीन पटक गरेर  ती बत्ती जडान गरिएको हो। पहिलो पटक ३५  बत्ती जडान गरिएको हो। ती बत्तीमा रु ३६ लाख ३६ हजार लगानी लागेको थियो। त्यस्तै दोस्रो पटक ७० लाख बजेट र १० प्रतिशत स्थानीयको सहभागितामा सडक बत्ती जडान गरिएको हो। त्यस्तै तेस्रो चरणमा विभिन्न सार्वजनिकस्थल, बाटो, टोल, शवदाहगृहलगायतका स्थानमा बत्ती जडान गरिएको इन्जिनियर पवनकुमार योगीले बताए।   रासस

प्रकाशित: Apr 18, 2022| 09:55 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।