काठमाडौं- तनहुँका जनप्रतिनिधिले सवारीसाधनको सुविधा फिर्ता गर्न सुरुवात गरेका छन्। आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी उनीहरूले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न सुरु गरेका छन्।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, प्रवक्ता खिमबहादुर कुमाल र भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले आइतबार सवारी साधन फिर्ता गरेका छन्। उनीहरू दुवै ती पालिकाको नगरप्रमुखको आकांक्षी हुन्।
शुक्लागण्डकीका प्रमुख गुरुङले आफूले प्रयोग आएको ग१झ ३२१ नम्बरको स्कोरपियो फिर्ता गरेका हुन्। उनले प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई चाबी हस्तान्तरण गरे। उनले पुनः नगरप्रमुखमा दोहोरिनलाई आकांक्षा व्यक्त गरेका छन्। नेपाली कांग्रेस शुक्लागण्डकीले उनिसहित दश जनाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ।
यसैगरी भीमाद–९ का वडाध्यक्ष इमानबहादुर थापाले आफूले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल फिर्ता गरेका छन्। उनले आफूले प्रयोग आएको ग१ब १०६९ नम्बरको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाललाई फिर्ता गरेका छन्।