शनिबार, असार ६, २०८३

सर्लाहीमा दुर्घटनामा परी दुई जनाको मृत्यु

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मलङ्गवामा भारतीय बसको ठक्करबाट एक साइकलयात्री र साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

सर्लाही- सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मलङ्गवामा भारतीय बसको ठक्करबाट एक साइकलयात्री र साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

National life

मलङ्गवा नगरपालिका–१२ चमेलिमाई मन्दिर नजिकै हिजाे भारतीय बसको ठक्करबाट साइकलयात्री कविलासी नगरपालिका–९, का ५८ वर्षीय शङ्कर रायको मृत्यु भएको प्रहरीले जनाएको छ।

हरिवनमा तीर्थयात्रीलाई छाडेर सदरमुकाम मलङ्गवातर्फ फर्कँदै गरेको बिआर ०६ टि एफ १०७४ नम्बरको मिनी बसले साइकल यात्री रायलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।

घाइते भएका रायलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलङ्गवामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। दुर्घटनापछि बसका चालक फरार भएका छन् भने बस प्रहरीको नियन्त्रणमा रहेको छ।

त्यस्तै साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मलङ्गवा नगरपालिका–१० जिविसचोक निवासी राममोहन पण्डितको छोरा १४ वर्षीय जितकुमार पण्डितले चलाएको साइकलको ठक्करबाट कविलासी नगरपालिका–५ निवासी ६८ वर्षीय अच्छेलालराय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। 

Shivam cement

मलङ्गवा–१० स्थित बाटो क्रस गर्ने क्रममा पैदलयात्री रायलाई पण्डितले चलाएको साइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते अच्छेलाललाई तत्काल उपचारका लागि ओम अस्पताल मलङ्गवा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ठक्कर दिने साइकल र साइकल चालक पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: Apr 18, 2022| 07:25 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।