मंगलबार, साउन २६, २०८३

इन्द्रावती नदीमा एक युवतीको शव फेला

इन्द्रावती गाउँपालिका-११ स्थित इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- इन्द्रावती गाउँपालिका-११ स्थित इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ। करिब २५/३० वर्षको जस्तो देखिने युवतीको शव आइतबार फेला परेको प्रहरीले जनाएको छ।

दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णकी युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ। उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थामा फेला परेको हो।

शवपरीक्षणका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट भक्तपुर पठाइएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 18, 2022| 07:15 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।