मंगलबार, साउन २६, २०८३

आज एमाले कार्यालय र सचिवालय बैठक बस्दै

स्थानीय तहको चुनाव तयारीबारे छलफल गर्न नेकपा एमालेको आज केन्द्रीय कार्यालय र सचिवालय बैठक बस्ने भएको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- स्थानीय तहको चुनाव तयारीबारे छलफल गर्न नेकपा एमालेको आज केन्द्रीय कार्यालय र सचिवालय बैठक बस्ने भएको छ।

बैठक थापाथलीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए।

यस्तै आजै सचिवालय बैठक पनि बस्ने भएको छ।  अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज साँझ ६ बजे बैठक बस्ने छ।

बैठकमा चुनावी तयारी तथा पार्टीको घोषणा पत्रलगायत विषयमा छलफल हुनेछ। 

वैशाख ३० मा हुने स्थानीय चुनावलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुनेछ। एमालेले वैशाख ९ मा घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ। 

प्रकाशित: Apr 18, 2022| 06:36 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।