बुधबार, कात्तिक ११, २०८३

नुतन श्रेष्ठ बने मिस्टर नेपाल वर्ल्ड

मिस्टर नेपाल वर्ल्ड २०२२ को उपाधि नुतन श्रेष्ठले हात पारेका छन्। ३५ जना प्रतिस्पर्धीहरुमा आफूलाई अब्बल सावित गर्दै मोरङका २६ वर्षीय नुतनले उपाधि हात पारेका हुन्। मिस्टर नेपाल विजेता बनेसँगै उनले ५ लाख रुपैयाँ पाएका छन्।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- मिस्टर नेपाल वर्ल्ड २०२२ को उपाधि नुतन श्रेष्ठले हात पारेका छन्। ३५ जना प्रतिस्पर्धीहरुमा आफूलाई अब्बल सावित गर्दै मोरङका २६ वर्षीय नुतनले उपाधि हात पारेका हुन्। मिस्टर नेपाल विजेता बनेसँगै उनले ५ लाख रुपैयाँ पाएका छन्। 

उनले मिस्टर वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएका छन्। नुतनलाई यस अघिका मिस्टर नेपाल विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए। 

प्रतियोगितामा झापाका २३ वर्षीय अभिषेक चुँडाल फस्ट रनर्सअप, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेण्ड रनर्सअप, कैलालीका २१ वर्षीय समिप साही थर्ड रनर्सअप तथा मोरङका २७ वर्षीय विशाल कटवाल फोर्थ रनर्सअप बने। उनीहरुले क्रमशः पचास हजार, तीस हजार, बीस हजार र पन्ध्र हजार रुपैयाँ नगद पुरस्कार पाए। 

यस वर्ष मिस्टर नेपाल वर्ल्ड २०२२ का लागि ३६ प्रतिस्पर्धीहरुले भाग लिएका थिए। कार्यक्रममा कुशल नहर्की पपुलर तथा एक्टिभ, डा. सुनिल खरेल पब्लिक च्वाइस, जीवन गिरी पर्सनालिटी, विकास गमाल ट्यालेन्ट, विशाल कट्वाल फोटोजेनिक, मानस घले फिजिक तथा प्रसन्न राई स्टाइल आइकन विधामा उत्कृष्ट घोषित भए।

प्रकाशित: Apr 17, 2022| 21:33 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।