शनिबार, असार ६, २०८३

मनाङको भौतिक पूर्वाधारको आयोगले लियो जानकारी

राष्ट्रिय योजना आयोगले विगतमा बाढीपहिराले भौतिक संरचनाको पुनःनिर्माणका प्रयासको जानकारी लिएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल र गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेसहितको टोलीले हिमाली जिल्ला मनाङको विकासको अवस्था, चुनौती र सम्भावनाका सम्बन्धमा अन्तरक्रियासहित जानकारी लिएको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- राष्ट्रिय योजना आयोगले विगतमा बाढीपहिराले भौतिक संरचनाको पुनःनिर्माणका प्रयासको जानकारी लिएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल र गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेसहितको टोलीले हिमाली जिल्ला मनाङको विकासको अवस्था, चुनौती र सम्भावनाका सम्बन्धमा अन्तरक्रियासहित जानकारी लिएको छ। 

National life

मनाङको वर्षायाम सुरु हुन लागेकाले यस क्षेत्रको विकासका अवस्था, चुनौतीको स्थलगत अवलोकन गरिएको आयोगले जनाएको छ। आयोगका उपाध्यक्ष पौडेल र गण्डकी उपाध्यक्ष काफ्लेले तीन दिन यस क्षेत्रका अवस्थाका बारेमा जानकारी लिनुभएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।

उनीहरूले वैशाख १, २ र ३ गते मनाङको विकास अवस्था, चुनौती र सम्भावना सम्बन्धमा प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यसँग अन्तरक्रिया तथा जानकारी लिएका हुन्। साथै चामे गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका र नासों गाउँपालिकामा विभिन्न गाउँबस्तीमा विपद्का बेला भएको क्षति अवलोकन एवम् निजी घर, पुल, सडक, विद्युत् पुनःनिर्माण प्रयासबारे जानकारी तथा आगामी कदमका सम्बन्धमा स्थलगत अनुगमन गरिएको थियो। 

अनुगमनपश्चात् उहाँहरूले विकासका कार्यलाई बिना अवरोध अगाडि बढाउन निर्देशन दिएका छन्। त्यस्तै वर्षायाम सुरु भइसकेकाले उचित समयभित्र नै सबै कार्य सम्पन्न गर्ने गरी निरन्तर रूपमा काम गर्न निर्देशनसमेत दिएको प्रजिअ आचार्यले जानकारी दिए। उनका अनुसार विकट क्षेत्रको  विकासमाथि खेलबाड गर्न नहुने भन्दै वर्षायाममा पनि सहज बनाउने उद्देश्यले यहाँको विकास हुन आवश्यक रहेकाले समयमा कार्य गर्नुपर्नेमा उनीहरूको जोड रहेको थियो। 

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थसहितको टोलीले समेत प्रदेश सरकार सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन र कार्यालय प्रमुखसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गरेको थियो। 

Shivam cement

प्रकाशित: Apr 18, 2022| 00:00 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।