मंगलबार, साउन २६, २०८३

लेक लागेर तीर्थयात्रीको मृत्यु

मुस्ताङमा आज एकजना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ। मुक्तिनाथ दर्शनका लागि आएका भारतका तिलङ्गाना राज्यको मराहपुराम रापर्थी नगरका ६० वर्षीय मुठैया यामसानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

मुस्ताङ- मुस्ताङमा आज एकजना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ। मुक्तिनाथ दर्शनका लागि आएका भारतका तिलङ्गाना राज्यको मराहपुराम रापर्थी नगरका ६० वर्षीय मुठैया यामसानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। 

मुक्तिनाथ मन्दिर जाने उकालोमा सिँढी चढ्दै गर्दा बेहोस भई लडेका यामसानीलाई जोमसोम अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजकुमार तामाङले बताए। 

लेक लागेर मृत्यु भएको बताइए पनि घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मृतकको शव जोमसोम अस्पतालमा परीक्षण गरीएको छ। पोखरा–जोमसोम हवाई मार्ग भएर यामसानीसहित ६० जना भारतीय मुक्तिनाथ तीर्थयात्राका लागि आएका थिए। 

प्रकाशित: Apr 17, 2022| 23:30 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।