शनिबार, साउन १२, २०८१

पल शाहको 'बिहे गर्ने आश्वासन'पछि बयान बदलिन् पीडितले

विश्वस्त श्रोतका अनुसार यसमा कानुन व्यवसायीसँग परामर्शपछि पल पक्षले रचेको 'ग्रान्ड डिजाइन' छ। त्यो 'ग्रान्ड डिजाइन'बारे चर्चा गर्नुअघि जाहेरी दिएदेखि पल कारागारमा पुग्दासम्म पीडित नाबालिग कहाँ थिइन्, त्यसको चर्चा गर्नु जरुरी छ।
 |  आइतबार, वैशाख ४, २०७९

अनिल यादव

अनिल यादव

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- पल शाहविरुद्ध जर्बजस्ती करणीको आरोप लगाएकी नाबालिग गायिकाले आइतबार अदालतमा एक्कासी बयान बदलेपछि उनको तर्फबाट मुद्दा लड्न पुगेकी अधिवक्ता मोहना अन्सारीले अदालत परिसरबाटै ट्विट गरिन्, 'पुरुषार्थको विजय कसरी हुन्छ। आज साक्षी भइयो।' 

triton college

जर्बजस्ती करणीका मुद्दा अदालतसम्म पुग्दा पीडित 'होस्टाइल' भएर बयान फेरेका धेरै उदाहरण छन्। त्यसैले आइतबार तनहुँ अदालतमा बकपत्र दिन जानुअघि पीडित नाबालिगलाई 'काउन्सेलिङ' नगरिएको होइन। बकपत्र दिन जानुअघि जिल्लाका एसपी, डिएसपीसहित पीडित पक्षका कानुन व्यवसायीले पीडितको मनस्थिति कमजोर नहोस् भनेर करिब २–३ घन्टा 'काउन्सेलिङ' गरेका थिए।

त्यतिन्जेलसम्म पीडितको प्रस्तुति हेर्दा कसैलाई लागेको थिएन उनले बयान फेर्लिन् भनेर। तर, प्रहरीको अनुसन्धान अधिकारीसमक्ष पलले आफूलाई बिहेको प्रलोभन देखाएर पटकपटक जर्बजस्ती करणी गरेको बयान दिएकी नाबालिगले अदालत पुग्दा बयान फेरिदिइन्। बकपत्रका क्रममा जब नाबालिग गायिकाले आफूलाई पलले बलात्कार नगरेको, जाहेरी पनि अरुको उक्साहट र दबाबमा दिएको बयान दिइन्, पीडितको पक्षबाट हाजिर भएका कानुन व्यवसायी एकाएक अचम्ममा परे। 

'नाबालिगले प्रहरीमा दिएको बयान पनि आफ्नो होइन, प्रहरीले आफैँ लेखेको हो भनिदिइन्,' पीडित पक्षबाट पुगेकी अधिवक्तामध्ये एकले भनिन्, 'हामी छक्क पर्‍यौं, हामी सामु 'नर्मल' देखिएकी उनी अदालत पुग्दा त पुरै 'रेडिमेड' बयान पो दिन थालिन्। अभियोगपत्रमा भएको बयान पनि आफ्नो होइन भनिन्। उनी 'होस्टाइल' भइन् भन्नेमा हामी विश्वस्त छौं।'

पल निकट स्रोतका अनुसार पीडितले कारागारभित्र रहेका पलबाट बिहेको आश्वासन पाएपछि बयान बदलेकी हुन्। 

पीडितले बयान फेरेपछि उनको पक्षबाट बहस गरेकी अर्की अधिवक्ता सरिता तिवारीले यो मुद्दामा शक्ति र पैसा दुरुपयोग भएको संकेत गरेकी छन्। 'जबरजस्ती करणी लगायत यौन दुर्व्यवहारका मुद्दामा राज्यबाट पीडितको सुरक्षा समावेदनशीलताबारे स्पष्ट नीति र अभ्यास नहुँदा पीडित स्वयं प्रतिवादी जोगाउने हतियार बन्न पुग्छन्! पल शाह प्रकरणको यो मोड शक्ति,पैसा र प्रभावको अर्को विडम्बनायुक्त उदाहरण हो,' तिवारीले ट्विटरमा लेखेकी छन्। 

Metro Mart
vianet

पीडितमाथि पटकपटक करणी भएको भन्दै तनहुँ र पूर्वी नवलपरासीमा पलविरुद्ध जाहेरी परेको थियो। दुवै जिल्ला अदालतले थुनछेक बहसपछि पलमाथि आरोप पुष्टि हुने आधार देखाउँदै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यसपछि जिल्ला कारागार तनहुँमा पठाइएका पल छुट्ने सम्भावना एकदमै कम देखिएको थियो।

तर, आफूमाथि पलले बलात्कार गरेको भनेर अनुसन्धान अधिकारीदेखि मिडियासम्म बयान दिएकी पीडित नाबालिग एकाएक अदालतमा बयान बदलेपछि यो मुद्दा त कमजोर भयो नै, सँगसँगै पल प्रकरणले नयाँ ट्विस्ट पनि ल्याएको छ। 

यतिखेर उठिरहेको प्रश्न हो, 'पीडित नाबालिगले अचानक किन बदलिन् बयान?' 

केही दिनअघि मात्रै उनले काठमाडौंमा रहेका एक गायकलाई फोन गर्दै जिज्ञासा राखेकी थिइन्, 'यो मुद्दा कसरी मिलाउने होला दादा? के गर्दा मिल्छ होला? म त पललाई माया गर्थें, हतकडी लाएर जेल पुगेको दृश्य देख्नै सकिनँ।' 

विश्वस्त श्रोतका अनुसार यसमा कानुन व्यवसायीसँग परामर्शपछि पल पक्षले रचेको 'ग्रान्ड डिजाइन' छ। त्यो 'ग्रान्ड डिजाइन'बारे चर्चा गर्नुअघि जाहेरी दिएदेखि पल कारागारमा पुग्दासम्म पीडित नाबालिग कहाँ थिइन्, त्यसको चर्चा गर्नु जरुरी छ। 

यो अवधिमा उनी पोखरास्थित आफन्तकोमा बसिरहेकी थिइन्। उनका 'सोझा' बाआमा गाउँमै थिए। सबैभन्दा गम्भीर कुरा, जर्बजस्ती करणीको जाहेरी दिएपछि उनी मनोवैज्ञानिक रुपमा विक्षिप्त थिइन्, तैपनि कसैको परामर्शमा थिइनन्। जबकि नाबालिगलाई यस्तो अवस्थामा उचित संरक्षण र परामर्शको आवश्यक हुन्छ। 

केही दिनअघि मात्रै उनले काठमाडौंमा रहेका एक गायकलाई फोन गर्दै जिज्ञासा राखेकी थिइन्, 'यो मुद्दा कसरी मिलाउने होला दादा? के गर्दा मिल्छ होला? म त पललाई माया गर्थें, हतकडी लाएर जेल पुगेको दृश्य देख्नै सकिनँ।' 

पछिल्लो समय यसरी जिज्ञासा राख्नु र काठमाडौंमा उनी निकट संगीतकर्मीसँग फोन गर्दै आँशु झार्नुले पनि उनी 'होस्टायल' हुने सम्भावनाको संकेत त गरेको थियो। तर पनि पीडितको पक्षबाट न्यायका लागि लडिरहेकाहरुलाई बयान फेर्लिन् भन्ने चाँहि लागेको थिएन। कारण, उनीहरू यो बीचमा पलले कारागारभित्रैबाट रच्न सक्ने 'डिजाइन'बारे सचेत थिएनन्। 

'कस्तो डिजाइन?'

पल निकट स्रोतका अनुसार पीडितले कारागारभित्र रहेका पलबाट बिहेको आश्वासन पाएपछि बयान बदलेकी हुन्। 'खासमा हिरासतदेखि कारागारसम्म पुग्दा पल पनि निकै कमजोर भइसकेका थिए,' पल निकट श्रोत भन्छ, 'कारागारमा भेट्न जाने जसलाई पनि 'मलाई जसरी पनि यहाँबाट निकाल्नुपर्‍यो' भन्थे।'

पलले आफ्नो रिहाइका लागि यो मुद्दामा महँगो रकम तिरेर महँगा कानुन व्यवसायी 'हायर' नगरेका पनि होइनन्। तर तनहुँ र पूर्व नवलपरासी दुवैतिरको अदालतको थुनछेक बहसले उनलाई धरौटीमा छाड्ने आदेश पनि नआएपछि उनीहरू थाके। बुझिएअनुसार यो बीचमा पल पक्षधरहरू वरिष्ठ अधिवक्तादेखि विभिन्न न्यायाधीशसमक्ष केस 'सल्टाउन' सकिन्छ भनेर परामर्श लिन पुगेका थिए।

पलका अधिवक्तादेखि लिएर सबैले पललाई एउटै विकल्प सुनाए, 'अब यो मुद्दाबाट उम्कने हो भने पीडितलाई बयान फेर्न लगाउनुको विकल्प छैन। जसरी पनि उनलाई फकाउनै पर्छ।'

पललाई थाहा थियो, पीडित नाबालिगले उनलाई गहिरो प्रेम गर्थिन्। सरकारी वकिलसम्म बयान दिँदा पनि उनले यो भनेकी थिइन्। विश्वस्त स्रोतका अनुसार पलले आफू उम्किने कुनै विकल्प नपाएपछि पीडित नाबालिगको बयान फेराउन जेलबाट निस्किएपछि बिहे गर्ने आश्वासन नै दिएका छन्। 'पीडितले अहिले पनि उनलाई माया गर्थिन्, पलले दुवैको करिअर बर्बाद गर्नुभन्दा मलाई बचाऊ। म बिहे गर्छु भनेर प्रस्ताव पठाएपछि उनी पग्लिएकी हुन्,' पल निकट स्रोतले भन्यो, 'पलले त पहिले पनि यस्तो प्रस्ताव राखेका थिए तर यसपटक पलका बाआमा नै यो प्रस्ताव लिएर तनहुँ पुगेपछि बयान फेर्ने सहमति भएको हो। पीडितलाई जाहेरी दिन सहयोग गर्नेहरूलाई दोष देखाएर पललाई जोगाउन रणनीति त्यसपछि रचिएको हो।'

पीडितले बयान फेरेपछि आइतबार दिनभरजसो अदालत परिसरमा पल शाहका पक्षधर मुस्कानसहित खुशीयाली मनाइरहेका थिए, पीडितको पक्षबाट पुगेकी एक अभियन्ताले भनिन्। 

नेपालमा यस्ता धेरै उदाहरण छन्, जहाँ बलात्कार मुद्दामा पीडितले बयान फेरे पनि न्यायाधीशले 'होस्टाइल' हुनसक्ने सम्भावना देखेर अनुसन्धान अधिकारीसमक्ष दिएको प्रारम्भिक बयानलाई नै आधार मानेर पीडिकलाई सजाय तोकेका छन्। तर, कतिपय अवस्थामा बयान फेरेपछि उल्टै पीडितले सजाय पाएका पनि छन्। 

पल शाह प्रकरणमा चाँहि के होला त? सफाइ या सजाय? यो त अब अदालतको फैसलामै भर पर्ने कुरा हो।

प्रकाशित: Apr 17, 2022| 19:50 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।