शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जग्गाधनी पूर्जा बनाउन २० हजार घुस लिने खरिदार पक्राउ

जग्गाधनी पूर्जा बनाउन २० हजार घुस लिने खरिदार पक्राउ

मालपोत कार्यालय टोखामा जग्गा नामसारी गरी जग्गाधनी प्रमाण पूर्जा बनाउन सहजीकरण गरिदिने भन्दै घुस लिएका एक जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९
National life
Shivam cement

काठमाडौं- मालपोत कार्यालय टोखामा जग्गा नामसारी गरी जग्गाधनी प्रमाण पूर्जा बनाउन सहजीकरण गरिदिने भन्दै घुस लिएका एक जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ। 

काठमाडौंको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट २० हजार घुस लिएको पाइएको छ। 

घुस लिएको भन्‍ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले घुस लिने खरिदार विनोद तिवारीलाई घस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए। 


प्रकाशित: Apr 17, 2022| 19:17 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।