शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पल शाहविरुद्ध बलात्कार आरोप लगाएकी नाबालिगले फेरिन् बयान

पल शाहविरुद्ध बलात्कार आरोप लगाएकी नाबालिगले फेरिन् बयान

आइतबार जिल्ला अदालत तनहुँमा पीडितले बयान दिएकी थिइन्। आफूले दबाबमा जाहेरी दिएको र प्रहरीले आफैँ बयान लेखेको समेत उनको दाबी रहेको अदालत स्रोतले जानकारी दिएको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

तनहुँ- कलाकार पल शाहले आफूमाथि पटकपटक बलात्कार गरेको आरोप लगाएकी नाबालिगले अदालतमा बयान फेरेकी छन्। अदालतले बयान लिने क्रममा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी हुन्। 

National life

आइतबार जिल्ला अदालत तनहुँमा पीडितले बयान दिएकी थिइन्। आफूले दबाबमा जाहेरी दिएको र प्रहरीले आफैँले बयान लेखेकोसमेत उनको दाबी रहेको अदालत स्रोतले जानकारी दिएको छ। पलले आफूमाथि बलात्कार नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफैँ बयान लेखेको तर आफ्नो बयान भनेर अदालतमा बुझाएको पीडितको दाबी छ। 

पीडितका बुबाले तनहुँ र नवलपुर प्रहरीमा पलविरुद्ध जाहेरी दिएका थिए। दुवै जिल्लाका जिल्ला अदालतले उक्त मुद्दामा प्रारम्भिक सनुवाई गरेका छन्। तनहुँ अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालतको आदेशविरुद्ध पल उच्च अदालतमा पुनरावेदनमा गएका छन्।

बुबाको जाहेरीपछि पीडितले ग्यालेक्सी टेलिभिजनमा अन्तर्वार्ता दिँदासमेत आफूमाथि बलात्कार भएको बताएकी थिइन्। अदालतमा बयान फेरिपछि नाबालिग 'होस्टाइल' भएको हुन सक्ने आशंका गरिएको छ।

प्रकाशित: Apr 17, 2022| 17:53 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।